Banijya News

वीरगन्ज सुक्खा बन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व संकलन

1
1.1K Shares

सिर्सियास्थित वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिनामा रु. ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालू आवको ११ महिनामा राजस्व संकलन उत्साहजनक रहेको बताए।

साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा रु. चार अर्ब ३६ करोड, कात्तिकमा रु. तीन अर्ब ७९ करोड राजस्व संकलन भएको थियो। मंसिरमा रु. तीन अर्ब २२ करोड, पुसमा रु. तीन अर्ब ५६ करोड, माघमा रु. चार अर्ब २९ करोड, फागुनमा रु. चार अर्ब ६८ करोड र चैतमा रु. चार अर्ब ५० करोड राजस्व संकलन भएको बरुवालले जानकारी दिए।

वैशाखमा भने रु. चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार, जेठमा चार अर्ब ४३ करोड ५७ लाख ११ हजार राजस्व संकलन भएको छ। उक्त कार्यालयको चालू आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य छ।

1

Scroll to Top