Banijya News

बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता (नगद प्रवाह) धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो।

राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ। सोही तालिकाअनुसार आज पनि बजारबाट पैसा झिक्न लागिएको हो। राष्ट्र बैंकले आज मध्याह्न ३ बजेबाट अनलाइन बिडिङ सिस्टम मार्फत बोलकबोल गर्न सकिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ ११ गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।

1

Scroll to Top