Banijya News

आवासीय घर कर्जामा वाणिज्य बैंकहरूको लगानी बढ्यो

1
1.1K Shares

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा वाणिज्य बैंकहरूले २ करोड रुपैयाँसम्मको आवासीय घर कर्जामा कुल रु. ३ खर्ब २५ अर्ब ३६ करोड लगानी गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.०७ प्रतिशतले बढी हो। गत वर्षको यस अवधिमा कुल रु. ३ खर्ब १२ अर्ब ६३ करोडभन्दा बढी कर्जा लगानी भएको थियो।

आवासीय घर कर्जा प्रवाह गर्ने बैंकहरूमध्ये एनआईसी एशिया बैंकले सर्वाधिक रु. ४८ अर्ब ७० करोड लगानी गरी अग्रस्थान ओगटेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले रु. ३९ अर्ब ९४ करोड लगानीसहित दोस्रो स्थानमा रहेको छ।

पछिल्लो एक वर्षको अवधिमा १४ वटा वाणिज्य बैंकले आवासीय कर्जामा आफ्नो लगानी बढाएका छन् भने ६ वटा बैंकको लगानीमा भने कमी आएको देखिएको छ। यसले रियल इस्टेट क्षेत्रमा बैंकहरूको लगानी निरन्तर बढ्दै गएको संकेत गर्छ।

1

Scroll to Top