Banijya News

लघुबीमा कम्पनीको आय ८५ करोड नाघ्यो

1
1.1K Shares

चालू आर्थिक वर्ष २०८१/०८२ को ११ त्रैमासको अवधिमा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ८४ करोड ९५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी यो अवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले २३ करोड ७९ लाख ५७ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेको छ। त्यसपछि दोस्रो स्थानमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २२ करोड १० लाख रुपैयाँ, तेस्रो स्थानको स्टार माइक्रो इन्स्योरेन्सले २० करोड १७ लाख रुपैयाँभन्दा बढी, र चौथो स्थानको ट्रस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।

यी चारवटा लघुबीमा कम्पनीहरूले संयुक्त रूपमा ३ लाख ३९ हजार २१४ वटा बीमालेख जारी गरेका छन्। केवल चैत महिनामात्रै यी कम्पनीहरूले ८ करोड २६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्, जुन संख्याले बीमा क्षेत्रमा लघुबीमा कम्पनीको योगदान र विस्तारको स्पष्ट संकेत दिन्छ।

लघुबीमा क्षेत्रमार्फत पहुँच नपुगेका वर्गमा वित्तीय सुरक्षाको प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएका यी कम्पनीहरू छोटो समयमै उल्लेखनीय व्यवसाय गर्न सफल भएका छन्। बीमालेखको संख्या र संकलित बीमाशुल्कले लघुबीमा कम्पनीहरूको बजारमा बढ्दो प्रभाव झल्काउँछ।

1

Scroll to Top