Banijya News

उप निर्वाचनमा कुन क्षेत्रमा को उम्मेदवार चुनाब लड्दै हो ? त्यस्को संम्पूर्ण विवरण

1
1.1K Shares


२१ कात्तिक २०७६, काठमाडौँ । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तय गरेको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन आयोगले तय गरेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रमुख राजनीतिक पार्टीसहित स्वतन्त्रका तर्फबाट कूल ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम आजका लागि तय गरिएको थियो ।

आयोगका अनुसार बिहीबार कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभातर्फ भक्तपुर–१ को (१), बागलुङ–२ को (२) र दाङ–३ को (२) मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सम्पन्न भएको छ । आयोगले मनोनयनपत्र दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकेको थियो । कास्की, भक्तपुर, बागलुङ र दाङमा मनोनयनपत्र दर्ता गर्ने गराउने कार्य शान्तिपूर्ण एवम् उल्लासमय वातावरणमा सम्पन्न भएको पनि प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
कास्की प्रतिनिधिसभा
कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा २२ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई,
नेपाली काँग्रेसका खेमराज पौडेल,
समाजवादी पार्टीका धर्मराज गुरुङ,
देशभक्त समाजका वीर वहादुर विश्वकर्मा,
नेपाली काँग्रेस (बी.पी.) चन्द्र बहादुर रानाभाट,
यज्ञप्रसाद पंगेनी (स्वतन्त्र),
कमल जङ्ग (स्वतन्त्र),
साझा पार्टीका रजनी के.सी.,
राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर राना,
नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी,
मंगोल नेशनल अर्गनाईजेशनका रियाज गुरुङ,
लक्ष्मी कुमारी भुजेल (स्वतन्त्र),
जमुना शर्मा (स्वतन्त्र),
सुनिल भुसाल (स्वतन्त्र),
पुरुषोत्तम खनाल (स्वतन्त्र),
सुनिल बहादुर कोइराला (स्वतन्त्र),
उमनाथ गौतम (स्वतन्त्र),
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) श्रीमती गंगा मल्ल,
दिपक रेग्मी (स्वतन्त्र),
राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी,
रन बहादुर दमै (स्वतन्त्र),
नवराज वास्तोला (स्वतन्त्र)
भक्तपुर निर्वाचन क्षेत्र नं. १
भक्तपुर निर्वाचन क्षेत्र नं. १ को (१) मा रिक्त प्रदेश सभा सदस्य गरी जम्मा १९ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । तिनका नामावली निम्न छन् ।
नेपाल मजदुर किसान पार्टीका निरज लवजू,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देबिप्रसाद ढकाल,
नेपाली काँग्रेसका कृष्णलाल भडेल,
राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल,
नेपाल कम्युनिष्ट पार्टी (माले) सुदर्शन लामिछाने,
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा,
नेपाली काँग्रेस (बि.पी.) मधुसुदन न्यौपाने,
पदमा कृष्ण प्रसाद ह्योगो (स्वतन्त्र),
जिवन नेपाली (स्वतन्त्र),
कृष्णराम पोतामाहा (स्वतन्त्र),
साझा पार्टीका सुरज प्रधान (स्वतन्त्र),
अर्जून कोजु (स्वतन्त्र),
उत्तम साखकर्मी (स्वतन्त्र),
राकेश सुवाल (स्वतन्त्र),
समाजवादी पार्टीका सुदर्शन मुनकर्मी,
सुमना कार्की (स्वतन्त्र),
जिवन चन्द्र अधिकारी (स्वतन्त्र),
संगिता पौडेल आचार्य (स्वतन्त्र),
सुजाता देउजा (स्वतन्त्र),

दाङ निर्वाचन क्षेत्र नं. ३
दाङ निर्वाचन क्षेत्र नं. ३ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा गरी जम्मा १४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । तिनका नामावली निम्न छन् ।
टिकाराम आचार्य (स्वतन्त्र),
गोविन्द के.सी. (स्वतन्त्र),
साझा पार्टीका शिव कुमार चौधरी,
नेपाल लोकतान्त्रिकका झरेन्द्र बहादुर खत्री
नेपाली कांग्रेस (बी.पी.) दिपक कुमार धिताल
मंगोल नेशनलका घनश्याम चौधरी,
नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डागी,
नेपाली काँग्रेसका केशव राज शर्मा,
नेपाल मजदुर किसान पार्टीका सुरेश परियार,
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) छोटीलाल थारु,
राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिमला कुमारी खत्री,
समाजवादी पार्टीका डिल्ली बहादुर डाँगी,
राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत,

बागलुङ निर्वाचन क्षेत्र नं. २
बागलुङ निर्वाचन क्षेत्र नं. २ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । तिनका नामावली निम्न छन् ।
नेपाली काँग्रेसका जितबहादुर शेरचन,
रा.प्र.पा. (संयुक्त) निमबहादुर भण्डारी,
समाजवादी पार्टीका अशोककुमार बि.क.,
मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर,
राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही,
राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर,
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई,
राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले,
शेरमान घर्तिमगर (स्वतन्त्र),
सन्तोष भण्डारी (स्वतन्त्र),

1

Scroll to Top