चैत ११, जनकपुर ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले मंगलबारदेखि लागू गरेको लकडाउन नटेरी स्थानीय जनता घरबाहिर निस्किन थालेपछि सप्तरीका चार ठाउँमा नेपाली सेना परिचालन गरिएको छ ।
जनशक्तिको अभाव भएपछि गस्तीको लागि नेपाली सेनाको सहयोग लिइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । सेनालाई गस्तीमा बिना हतियार खटाइएको छ । अहिले सप्तरीको राजविराज, रुपनी, कल्याणपुर र हनुमाननगरमा सेना खटाइएको छ


