Banijya News

चितवनमा एकैदिन ९ सयको नमुना परीक्षण गर्न सकिने कोभिड १९ को प्रयोगशाला सञ्चालनमा

1
1.1K Shares

काठमाडौं, २४ चैत ।

चितवनमा कोभिड १९ को प्रयोगशाला सञ्चालनमा आएको छ । भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी भरतपुरमा रहेको राष्ट्रिय पंछी रोग अन्वेषण प्रयोगशाला परिसरमा कोभिड १९ को प्रयोगशाला सञ्चालनमा आएको हो ।
भरतपुरमा स्थापना गरिएको प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको देशकै उच्चस्तरको प्रयोगशाला स्थापना भएको हो । प्रयोगशालामा २० जना विशेषज्ञ, प्राविधिकहरु तयारी अवस्थामा रहेका छन् । एक शिफ्टमा ९० वटा नमुना परीक्षण गर्न सकिने छ । सञ्चालन भएको पहिलो दिन भने एउटा नमुना मात्र परीक्षण गरिने छ । त्यो नमुना प्रदेश परीक्षण कार्यालय हेटौँडामा पनि पठाइएको छ ।
प्रयोगशालामा चितवनका ठूला अस्पताल र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राविधिकको सहयोग रहेने छ ।

1

Scroll to Top