मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै सरकारले गरेको खर्चको खोजी समेत गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै गर्न नसकेको ठहर गर्दे सरकारले लकडाउनयता गरेको १० अर्व माथिको खर्च सार्वजनिक गरेपछि खर्चको पारदर्शिताको लागि खोजी गर्ने र संसदमा समेत कुरा उठाउँने भएको छ ।
बैठकपछि पाटी प्रबक्त विश्व प्रकाश शर्माले भने, कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको निष्कर्षमा पाटी पुगेको छ ।’ उनले अगाडि थपे –‘स्वास्थ्य, क्वारेन्टाईन लगायतका भएको खर्चमा विस्वस्त हुने ठाउँ नभेटिएकोले त्यस्को पारदर्शिता समेत खोज्ने निर्णय भएको छ ।’
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले सार्वजनिक गरेको विवरणअनुसार कोरोना भाइरस नियन्त्रण, क्वारेन्टिन निर्माण र राहत वितरणमा हालसम्म ९ अर्ब ८७ करोड रुपैयाँ सार्वजनिक गरेको छ । सरकारले कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरूबाट १ अर्ब ८ करोड र स्थानीय तहहरूबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भइसकेको छ, यसमा राहत भनेर बाँडिएको खर्चसमेत जोड्दा ११ अर्ब नाघ्ने सरकारको भनाइबाहिरीएको समय प्रमुख प्रतिपक्ष दल काग्रेशले यस्को पारदर्शिताको लागि खोजी गर्ने भएको छ । यस्का लागि सदन देखि स्थानिय क्षेत्रसम्म खोजी गर्ने निर्णय गरेको हो ।
काग्रेशले पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, परीक्षण किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो भएको निश्कर्ष समेत निकालेको हो ।
कांग्रेसले कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र सञ्चारकर्मी लगायत कोभिड–१९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको छ ।
आइसोलेसन सेन्टर र प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु सरकारको कमजोरी भएको कांग्रेसको ठहर छ ।
बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । साथै संसदीय दलको नेतालाई कडा रुपमा संसदमा कुरा उठाउन समेत निर्देशन दिएको छ ।


