Banijya News

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, सरकार समक्ष १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयनको चूनौती ?

1
1.1K Shares

आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक गरेका थिए।

साउन १ गतेदेखि हरेक वर्ष नयाँ आर्थिक वर्ष लागेर असार मसान्तमा समाप्त हुन्छ । यहीक्रममा आजदेखि सुनमा २ प्रतिशत विलासिता कर र होटलमा समेत २ प्रतिशत विलासिता कर लाग्ने भएको छ ।

यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको १९ खर्ब ६४ अर्ब आकारको बजेट कार्यान्वयन आजदेखि सुरु भएको छ । सरकारले आजदेखि सरकारी खाताको सम्पूर्ण भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्नेछ । यसअघिसम्म ९६ प्रतिशतसम्म भुक्तानी विद्युतीय प्रणालीमार्फत हुँदै आएकोमा चालू वर्षदेखि शतप्रतिशत भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनेछ ।

तर, गत आर्थिक वर्षको बजेट कार्यान्वयनको स्थिती भने सन्तोषजनक थिएन । किनकी, हिजो असार मसान्तसम्मको अवधिमा १४ खर्ब रुपैयाँभन्दा बढीको राजश्व संकलनको लक्ष्य रहँदा पनि ११ खर्ब ४० अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो । यो लक्ष्यको ८३ प्रतिशत मात्रै हो ।

यसबाहेक, १८ खर्ब ६० अर्ब आकारको बजेटमा १५ खर्ब २३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । जुन, ८२ प्रतिशत मात्रै हुन आउँछ । सुरुमा ठूलो आकारको बजेट ल्याउने र पछि संशोधन गरेर १६ खर्ब हाराहारीमा ल्याइएको थियो ।

1

Scroll to Top