Banijya News

घरमै बसेर मोबाइल एपबाटै ट्याक्सी अर्डर गर्न सकिने

1
1.1K Shares

मंसिर २४, काठमाडौं । अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ‘यात्रु’ले मोबाइल एप सार्वजनिक गर्दे घर घरबाटै नै ट्याक्सी सेवा लिन मिल्ने बनाएको छ । दक्षिण एशियाली देशहरू भारत र बंगलादेशको सार्वजनिक यातायातको क्षेत्रमा समेत विभिन्न स्टार्टअप कम्पनी सञ्चालनमा छन् । यसैको सिको गर्दे नेपालमा ‘यात्रु’ अनलाइनमार्फत ट्याक्सी सेवा दिंदै आएका हो । मोबाइल एपको माध्यमबाट ट्याक्सी आफ्नो घरमै बोलाउन मिल्नेगरी अब यात्रुले सेवा औपचारीक रुपमा शुरुवात गरेको हो । कम्पनीका अनुसार ग्राहकले आफ्नो मोबाइलमा ‘यात्रु’ नामक एप डाउन्लोड गरी प्रयोग गर्न सकिन्छ । एपसँगै फोन र एसएमएसको माध्यमबाट उक्त सेवा लिन सक्ने व्यवस्था कम्पनीले गरेको हो । ग्राहकले फोन मार्फत ट्याक्सी अर्डर गर्दा १६६००१७००७० डायल गरेर पनि ट्याक्सी अर्डर गर्न सक्छन् । त्यसपछि सेवाबापत लाग्ने शुल्कबारे बताउँछ । ग्राहकले शुल्क बुझेपछि सेवा लिन चाहेमा वा अर्डर यात्रुको ट्याक्सीले अर्डर स्वीकृत सस्थाका अध्यक्ष अनिल चौधरीले बताएका छन् । ग्राहकले भनेको स्थान नजीक ट्याक्सी उपलब्ध नभए अर्डर नलिइने व्यवस्था कम्पनीले गरेको छ । यात्रु जस्तै सारथी, पठाओ लगायतले पनि काठमाडौं उपत्यकामा अनलाइन ट्याक्सी सेवा दिइरहेका छन् ।

1

Scroll to Top