Banijya News

एनआईसी एशिया बैंकको आइभिआर सेवा सञ्चालनमा

1
1.1K Shares

पौष ८ , काठमाडौं – एनआईसी एशिया बैंकले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आइभिआर सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास रहेको छ । ग्राहकवर्गले आइभिआर सेवा प्रयोग गरेर आफ्नो खातामा रहेको व्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक, आइभिआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ सेवाबारे जानकारी समेत पाउन सक्नुहुनेछ । आइभिआर सेवा प्रयोग गर्नका लागि सर्वप्रथम ग्राहक महानुभावहरुले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभिआर सेवा दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया आइभिआर वा फोन कल दुवै माध्यमबाट गर्न सकिने बैंकले जानकारी दिएको छ ग्राहक महानुभावहरुले एसएमएसद्वारा आइभिआर दर्ता गर्नका लागि निम्न तरिका अपनाउनु पर्नेछ । सर्वप्रथम दर्ता गर्नका लागि आइभिआर इस्पेस आफ्नो खाता नम्बर (आइभिआर स्पेश एकाउण्ट नम्बर) टाइप गरी ३४४८८ मा पठाउनुपर्नेछ । एसएमएस पठाएको केही समयपछि गोप्य पिन नम्बर रजिष्टर्ड मोबाइल नम्बरमा प्राप्त हुनेछ । दर्ता प्रक्रिया समाप्त भए पश्चात आइभिआर सेवा उपयोग गर्नका लागि ०१–५९७०१०० मा रजिष्टर्ड मोबाइल नम्बरबाट कल गर्नुपर्नेछ र आश्वयक सेवा उपयोग गर्न सक्नुहुनेछन् ।

1

Scroll to Top