Banijya News

साउदी भन्छः नेपाली आफ्नै देशमा रोजगारी खोज

1
1.1K Shares

फाल्गुन २, काठमाडौं ।
साउदीस्थित नेपाली दूतावासले रोजगारीका लागि साउदी अरब जानुको सट्टा स्वदेशमा रोजगारीका अवसर खोज्न नेपाली युवालाई आग्रह गरेको छ । साउदीमा प्रचलित रोजगार पद्धती कफला प्रणालीका कारण पछिल्लो समय नेपालीले दुस्ख पाउन थालेको र रोजगारी थप कष्टकर बन्दै गएकाले विकल्प खोज्न दुतावासले नेपालीलाई आग्रह गरेको हो ।
कामदारलाई भगौडा जनाउने र विभिन्न मुद्दा लगाएर आफ्नो देश फर्कन पनि नमिल्ने गरी यात्रा बन्देज लगाउने आदि कारणले महिनौंसम्म अदालतमा मुद्दा चल्दापनि कामदारले न्याय नपाउने अवस्था बढ्दै गएको तर्फ दूताबासले ध्यानाकर्षण गराउँदै दुतावासले नेपाल मै रोजगारीको विकल्प खोज्न भनेको हो ।
दुतावासले विज्ञप्ति नै निकालेर नेपालीलाई सजग गराएको हो । साउदीले, –‘साउदी अरब आउन लाग्ने खर्च र साउदीमा काम गर्दा हुने आय तथा दुखः गर्न भनेको छ ।
दुतावास भन्छ– ‘फाइदा हुने भएमात्र आउँनुहोस, विचौलिया र म्यानपावरलाई खर्च गर्ने पैसाले नेपालमै आफ्नो सीप अनुसारको पेशा, व्यवसाय गर्नुहोस् ।’
दूताबासद्वारा विज्ञप्तिमा साउदी अरबको संक्षिप्त परिचय, कफला पद्धति, पूर्व तयारी चरण र तयारी चरण गरी ४ विषयमा विस्तृत रुपमा जानकारी गराइएको छ । साउदी अरबको मौसम भूगोल, भिसा तथा रोजगार पद्धति अर्थात कफला, कम्पनी तथा कामको प्रकृति, सेवा सुविधालगायत विषयमा जानकारी नहुँदा विभिन्न समस्याहरू आउने गरेको विज्ञप्तिमा उल्लेख छ ।

1

Scroll to Top