फागुन ४, काठमाडौं । चीनको वुहानमा रहेका नेपालीलाई स्वेदशमा फकाउर्नु पर्ने चौतर्फी दवावपछि अन्तत : १७५ जना नेपाली विद्यार्थी स्वदेश आइपुगेका छन् ।
उनीहरुलाई ठूलो रस्साकस्सीपछि सरकारले विमानबाट स्वदेश ल्याएको हो ।
उद्दारका लागि जहाज आउने खवर पाएपछि हुपेई प्रान्तमा रहेका नेपालीहरु शनिवार दिउँसै वुहानमा जम्मा भएका थिए । चीनको नेपाली दूतावासले विभिन्न सहरबाट ती विद्यार्थीलाई ६ ओटा बसबाट विमानस्थल पुर्याएको थियो ।
कोरोना भाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिवार अपरान्ह ४ बजे वुहान गएको थियो ।
आइतवार बिहान चीनको वुहानबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट ल्याइएका नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर तथा १७ चिकित्सकसहितको टोली चीन गएको थियो ।
उनीहरु आइतवार विहान करीब ४ वजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौं ल्याइएको हो ।
१८५ जना नेपालीलाई ल्याउने तयारी गरीएको गरिएको थियो तर ६ जना ज्वरोका कारण वुहान विमानस्थलमै रोकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको पेचिङमा रहेको स्थित नेपाली दूताबासले बताएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् ।
शंकास्पद लक्षण देखिएमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने अधिकारीहरुको भनाइ छ । उनीहरु सबैलाई कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा राखिने छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण परिसरमा बनाएको क्वारेन्टाईन स्थल शनिवार सफाइ गर्दै गरेका नेपाली सेनाका जवानहरु । अव उनीहरु सवैले क्वारेन्टाइन क्षेत्रमा सरकारले गरेको व्यवस्थाको पालना गर्नुपर्ने छ । उनीहरुले यसअघि विभिन्न शर्तसहितको व्यहोरा मन्जुर भएको भन्दै दूतावासलाई मञ्जुरीनामा बुझाएका थिए । रासस


