वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि २०७७ सालमा विवाहको लागि जम्मा १८ दिनमात्र जुरेको छ । त्यसमा पनि वैशाखमा सबैभन्दा बढी लग्न अर्थात् ७ वटा जुरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा यी सबै लग्न सकिनेछन् । पहिलो महिनामावर्षकै सबैभन्दा बढी विवाहको लग्न लकडाउनमै सकिने भएपछि यो वर्ष विवाह गर्ने योजना बनाइरहेका युवायुवती प्रभावित हुने पक्का छ ।
वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ ।
यसैगरी जेठको ४, ५, १० र ३१ गते गरी चारवटा लग्न छ । असारमा ११, १३ र १४ गते तीनवटा मात्र लग्न छ । मङ्सिरको १६, २१, २२ र २६ गते गरी चारवटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो ।
गत वर्ष विसं २०७६ मा भने विवाहका ६६ लग्न थिए ।


