असार १८ ,काठमाडौं ।
नेपाली बजारमा पहेलो धातु सुनको भाउ एकैदिन ७ सय रुपैयाँले घटेको छ ।
बुधबार तोलामा ९१ हजार ७ सय रुपैयाँ पुगेको छापावाला सुनको भाउ विहीवार घटेर ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर छ । मङ्गलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेको छ । बिहीवार चाँदी तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।


