Banijya News

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने निर्णय

1
1.1K Shares

काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले उक्त मितिमा काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको महासंघ अध्यक्ष भवानी राणाले बताए ।

गत चैतमा हुने भनिएको महासंघको साधारणसभा कोभिड १९ का कारण पटकपटक सर्दै आएको थियो । गत चैत र जेठमा साधारणसभा हुन नसकेपछि साउन २६ र २७ गते का लागि ललितपुरमा गर्ने गरी सारिएको थियो । साउनमा पनि सभासम्मलन गर्न सरकारले फुकुवा नगरेकाले साधारणसभा अनिश्चितकालका लागि स्थगित भएसँगै व्यावसायीहरूको विवाद सुरु भएको थियो ।

विवाद भएसँगै महासंघले निर्वाचनको मोडालिटी र मिति तय गर्न कार्यदल समेत गठन गरेको थियो । अहिले निषेधाज्ञा र लकडाउन केहि सहज भएसंगै महासंघ पदाधिकारीको बैठकले साधारण सभाको उक्त मितिमा गर्ने निर्णय गरेको हो ।

1

Scroll to Top