Banijya News

उपत्यकाका पसलमा वाणिज्य विभागको अनुगमन, ५७ हजार रूपैयाँ जरिवाना

1
1.1K Shares

असोज १३, काठमाडौं ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका तीन वटै जिल्लाका व्यवसायमा अनुगमन गरेको छ । विभागले दशैं, तिहार जस्ता चाडपर्व नजिकिदै गर्दा उपत्यकाका ३ जिल्लामा चाडबाड लक्षित अनुगमन सुरु गरेको हो ।

यही क्रममा विभागले सोमबार काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका २४ वटा व्यवसायको अनुगमन गरेको छ । सैलुन, तरकारी पसल, लत्तकपडा र खाद्यान्न पसल ,किराना, फार्मेसी र मार्टहरुमा गरी २४ वटा व्यवसायको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विभिन्न व्याजसायीलाई ५७ हजार रुपैयाँ जरिवाना गरिएको विभागले बताएको छ । कारबाहीमा पर्ने मध्ये अधिकांश पसलले प्याजको मूल्य बढी लिएको पाइएको विभागले जानकारी दिएको छ ।

अनुगमनका क्रममा चन्द भेजिटेबल सप्लार्यस, अमन आलु प्याज भण्डार र विजि इन्टरप्राइजेजलाई समान १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, कमलवार आलू प्याज भण्डार र रुपेश शाहालाई समान ५ तथा मोती दुवाल र स्वादिष्ट अचार तरकारी तथा फलफुललाई समान १ हजार रूपैयाँ जरिवाना गरेको हो ।

1

Scroll to Top