Banijya News

राष्ट्रपति भण्डारीद्वारा आफुले पाउने दशैँ खर्च र दुई महिनाको तलब कोरोना कोषलाई प्रदान गर्ने

1
1.1K Shares

०५ कार्तिक, काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले पाउने दशैँ खर्च र दुई महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले महामारीविरुद्धको प्रयासमा सहयोग गर्ने उद्देश्यले यस आर्थिक वर्षको दुई महिनाको तलब र चाडवाड खर्च कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा दिएको जनाएको हो ।

यसअघि सांसदहरूले महामारीका बेला दशैँ भत्ता लिएको भन्दै चर्काे आलोचना भएको थियो । आलोचनापछि सांसदहरूले उक्त भत्ता फिर्ता गरेका छन् ।

1

Scroll to Top