Banijya News

उद्याेग वाणिज्य महासङ्घ चुनाव : चन्द्र ढकाल प्यानलका सबै उपाध्यक्षको उम्मेद्वारी दर्ता

1
1.1K Shares

कात्तिक १८, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन ११, १२ र १३ गते हुने भएको छ । उक्त निर्वाचनका लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यालय पुगि ढकाल प्यानलका बिभिन्न ब्यक्तिहरुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

आज वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन ।

यस्तै जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । साथै एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्की लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन स्थलमा पुग्नुभएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले नीजि क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगि व्यवसायीहरु मिलेर अगाडी बढ्ने बताए । सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवद्र्धन गर्ने उल्लेख गर्दै उनले देश विदेशमा रहेका लाखौ नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगिक वातावरण सिर्जना गर्ने बताए ।

1

Scroll to Top