माघ १२, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोलबाट ३ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । आज २ बजे बोलकबोल भएर भोलि (मंगलबार) ट्रेजरी बिल इस्यु हुने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ९१ दिनका लागि सो बराबरका ट्रेजरी बिल बिक्री गर्न लागेको हो । गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।


