काठमाडौं । बलिउड नायिका करिना कपुर पुनः एकपटक आमा बनेकी छन् । करिनाले आइतबार बिहान ब्रीच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । भारतीय संचार माध्यमका अनुसार अहिले आमा र बच्चा दुबै स्वस्थ रहेका छन् ।
करिना र सैफ अली खान आफ्नो नयाँ सन्तानका लागि निकै उत्साहित हुदै समाजिक संजानमा प्रतिकृया दिएका छन् । उनीहरुको पहिलो सन्तानको रुपमा छोरा तैमुर खान रहेका छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पूर्ण रुपमा तयार देखिएका छन् । यसअघि करिना कपुर र सैफ अली खान नयाँ घरमा सरेका थिए ।


