Banijya News

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो , कति छ तोलामा ?

1
1.1K Shares

फागुन २५, काठमाडौं ।
नेपाली बजारमा आज (मंगलवार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो । मंगलबार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुनको भाउ तोलाको ८६ हजार २ सय रुपैयाँ र तेजाबी सुन तोलाको ८५ हजार ७ सय ५० रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार १ हजार २ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी मंगलबार १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

1

Scroll to Top