Banijya News

कांग्रेसले टुंग्यायो ४५ जिल्लाको क्रियाशिल सदस्यता

1
1.1K Shares

वैशाख ३१ काठमाडौँ ।
नेपाली कांग्रेसले ४५ जिल्लाको क्रियाशिल सदस्यताको टुंग्याएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले बिहीबार ४५ जिल्लाका ८० निर्वाचन क्षेत्रको क्रियाशिल सदस्यता नविकरण एवं नयाँलाई अन्तिम रुप दिएको हो । १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पु¥याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

समितिका सचिव केशव रिजालले सफ्टवेयरमा अन्तिम भएका क्रियाशिल सदस्यतालाई राखिएको र त्यसमा कुनै दाबी विरोध भए सूचना दिन आह्वान गरिएको जानकारी दिए ।

1

Scroll to Top