Banijya News

तिब्बत सरकारद्धारा नेपाललाई १५० सिलिन्डर अक्सिजन सहयोग

1
1.1K Shares

जेठ ६, काठमाडौं ।
चीनको स्वशासित राज्य तिब्बत सरकारले नेपाललाई एक सय ५० सिलिन्डर लिक्विड अक्सिजन (३० टन) सहयोग गरेको छ । बिहीबार ल्हासाबाट सिलिन्डर नेपाल प्रस्थान गरेको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै अक्सिजन शुक्रबार रातिसम्म खासा पुग्ने बताए । उनले यसबाट ४० किलो क्षमताका करिब छ हजार सिलिन्डर भर्न सकिने बताए । त्यहाँको सरकारले छिटै २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर दिने उनले जानकारी दिएका छन् । तिब्बत सरकारले स्थलमार्ग बाट नेपाल जाने कोभिड–१९ सम्बन्धी कार्गो बिना रुकावट नेपाल पठाउने प्रयास गर्ने वचन दिएको उनले बताए ।
शान शीको एक कम्पनीले ३० अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सिल्क ट्रान्सपोर्टले ल्हासा काठमाडौँ ढुवानी निःशुल्क गरी सहयोग गरेको छ । गुडवील फाउन्डेसन तिब्बत ले आगामी हप्ता ५० अक्सिजन कन्सन्ट्रेटर दिन आवश्यक तयारी गरेको जानकारी गराएको छ ।

निजी क्षेत्रबाट कोभिड सम्बन्धी सामग्री बोकेका २२ गाडी तातोपानी भन्सार पुग्ने चरणमा छन् । करिब १५ गाडी समान (अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर आदि) खासा पुगेका छन् ।

1

Scroll to Top