आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले बैशाख ९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले विहान १० बजे लैनचौर बैङ्क्वेट्स, काठमाडौंमा सभा गर्ने निणर्य गरेको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७५ लाख ८३ हजार रुपैयाँको कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
त्यस्तै प्रस्तावित लाभांश ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ७९०.५० रुपैयाँ बराबरको नगद लाभांश छ ।
सभाले कम्पनीको अधिकृत पूँजी वृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारीत गर्ने एजेण्डा रहेको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूणर् प्रतिवेदनहरु पारित गर्नेछ । त्यसैगरि, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेण्डा पनि सभाको छ ।
इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ चैत २५ गतेदेखि बैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको हो । चैत २४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइरहेका सेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन पाउँने छन् ।


