नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको बताएका छन् । शुक्रबार परिपक्व पुँजीबजार सम्मेलन कार्यक्रममा बोल्दै सिईओ कार्कीले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले पुँजी बजारमा १८ देखि ४० वर्षसम्मको युवा पुस्ताको सहभागिता धेरै छ । कुल डिम्याट खोल्ने मध्ये ५४% हिस्सा यी उमेर समूहको रहेको छ ।’
साथै, अनलाइन कारोबार गर्नेमा ६४प्रतिसत सो समूहका लगानीकर्ता रहेको उनले बताएका हुन् । त्यसैगरी, पछिल्लो समय पुँजी बजारमा युवा पुस्ताको आकर्षण बढ्दौ गएको देखिएको उनले भनेका छन् । ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको भन्दै उनले यी विषयमा अध्ययन भइरहेको बताए । पूँजी बजार विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेको भन्दै आवश्यक नीतिगत सुधारका प्रयास भइरहेको बताए । चाडै ब्रोकर कम्पनीको संख्यामा पुनरावलोकन हुने उनले बताए ।
बजारलाई परिपक्व बनाउनसेयर बजार र आफूले किन्ने कम्पनीको बारेमा पूणर् जानकार हुन लगानीकर्तालाई आग्रह गरेका छन् ।


