Banijya News

हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालन हुँदै

1
1.1K Shares

आर्थिक संकटका कारण बन्द गर्नुपरेको खबर सार्वजनिक भएपछि सरकारले जसरी भएपनि उद्योगलाई सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ ।

जसअनुसार उद्योगले ३ हजार मेट्रिक टन कोइला आपूर्ति गर्न मंगलबार बोलपत्र आह्वान गरेको छ । उक्त उद्योगले योग्यता पुगेका फर्महरुकालागि विद्युतीय प्रस्ताव आह्वान गरेको हो ।

साथै उद्योगलाई आवश्यक पर्ने मिनरल्स जिप्सम पनि खरिद गर्न लागिएको छ। उद्योगले ४ हजार मेट्रिक टन मिनरल्स जिप्सम आवश्यकता परेको भन्दै सूचना प्रकाशित भएको मितिले ३१ औं दिनमा विद्युतीय प्रस्ताव पेश गर्न योग्यता पुगेका पञ्जिकृत फर्मलाई भनेको छ ।

आर्थिक संकटका कारण उद्योगले समयमा कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन सोमबारदेखि बन्द गरेको थियो ।उद्योग तथा आपूर्तिमन्त्री मन्त्रालयबाट आर्थिक अनुदान उपलब्ध भएपछि उद्योगले कोइला खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

1

Scroll to Top