Banijya News

हाथवे इन्भेष्टमेन्टले गर्यो लाभांश घोषण

1
1.1K Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषण गरेको छ । गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २६ गते बिहान १० बजे लैनचौर ब्याङक्वेट, काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको छ । यो कम्पनीको १५औं वार्षिक साधारण सभा हुनेछ ।

कम्पनीले पुष १२ गते साधारण सभा प्रयोजनका लागि एक दिन बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

1

Scroll to Top