Banijya News

अभियान लघुवित्तद्वारा सीईओ पदमा आवेदन खुल्ला

1
1.1K Shares

अभियान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन खुल्ला गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उक्त पदमा आवेदन माग गरेको हो ।

काभ्रेको पनौती नगरपालिकामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले सीईओको रिक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति हुने भएकाले न्यूनतम शैक्षिक योग्यता हासिल गरेका नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनेको छ ।

सूचना अनुसार उक्त पदमा आवेदन पेश गर्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय श्रेणीमा कम्तीमा ५ (पाँच) वर्ष वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय श्रेणीमा कम्तिमा ७ (सात) वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।

 

1

Scroll to Top