घलेम्दी हाइड्रो लिमिटेडले खुलाएको हकप्रदमा आवेदन दिने आज (पुष १६ गते)अन्तिम मिति रहेको छ। कम्पनीले यस अघि माग अनुसार आवेदन नपरेपछि हकप्रद सेयर निष्काशन गर्ने अवधि बढाएको थियो।
यस कम्पनीले मङ्सिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ । कम्पनीले १ ः २ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो।
आज सम्म आवेदन नदिएका कित्ता लिलाम मार्फत बोलकबोलमा आउनेछन्।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कात्तिक ३ गते बुकक्लोज गरेको थियो । त्यसैले, कात्तिक २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
आवेदनका लागि इच्छुक शेयरधनीहरुले कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।


