नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाख सञ्चालनमा आएको छ । बैंकले उक्त शाखा बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा रोडमा सञ्चालनमा ल्याएको छ ।
यसका साथै मधेस प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । शाखा सञ्चालनसँगै आर्थिक कारोबार गर्न उक्त भेगका स्थानीयलाई सहज हुने बैंकको प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले बताए ।
उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने जनाकारी दिए ।
हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।


