Banijya News

एनआईबीएल स्टेबल म्युचुअल फण्डमा खुल्यो आवेदन

1
1.1K Shares

एनआइएमबी एस क्यापिटलले आजदेखि नयाँ म्युचुअल फण्ड बिक्री खुला गरेको छ । क्यापिटलले कुल १० करोड इकाई ‘एनआइबीएल स्टेबल फण्ड’ को बिक्री खुला गरेको हो।

यो बन्दमुखी योजना भएकोले यसमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा माघ १६ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रूपैयाँको दरले आवेदन दिन सकिने यो योजन न्यूनतम् १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

उक्त बिक्री फण्ड मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ । यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ।

 

1

Scroll to Top