Banijya News

डीओईडीका कार्यकारी निर्देशकमा मण्डल

1
1.1K Shares

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विकास विभाग (डीओईडी)का कार्यकारी निर्देशक (डिजी) परिवर्तन गरेका छन् ।

हिजो (सोमबार) मन्त्रिस्तरीय निर्णय गर्दै विभागीय मन्त्री बस्नेतले विभाग डिजी चिरञ्जीवि चटौतलाई मन्त्रालय तानेर जीवछ मण्डललाई विभाग महानिर्देशक बनाएका हुन् । मण्डल यसअघि विभागका उपकार्यकारी निर्देशक थिए ।

मन्त्री बस्नेतले सहसचिवमा बढुवा भएका कर्मचारीद्वय सागरराज गौतम र बाबुराज अधिकारीको पनि पदस्थापन गरेका छन् । यसअघि लगानी बोर्डमा रहेका गौतमलाई विद्युत नियमन आयोग र मन्त्रालयमै रहेका अधिकारीलाई लगानी बोर्डमा पठाएका हुन् ।

1

Scroll to Top