Banijya News

अजाया र युएईको अल अली ग्रुपबीच साझेदारी

1
1.1K Shares

हिराको अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारी सुरु गरेका छन् । अजाया ब्रान्डलाई विश्वबजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारीले विज्ञता र लगानीलाई एकैठाउँमा ल्याएकाले अजायाले छोटो समयमै विश्वबजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ । त्यस्तै, चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवं प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्ने उल्लेख छ ।

समझदारीपछि अजायाका राकेशकुमार अडुकियाले अजाया हिरामा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड रहेको बताए । उनले भने, ‘यसलाई नेपालमा मात्रै नभएर विश्वबजारमै स्थापित गर्ने लक्ष्य छ । अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकैठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्वबजारमा स्थापित हुने अपेक्षा गरेका छौँ ।’

साथै, ठूलो सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनको भनाइ थियो । निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने उनले बताए ।

1

Scroll to Top