चन्द्रागिरी नगरपालिका-१२ हरीयाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-
३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न
गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार
दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।


