प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न पाएनन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न नसक्ने अडान सोमबार पनि दोहोर्याएको छ ।
बिहान साढे ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा आशनबाट उठेर वेल घेराउ गर्दै कांग्रेस सांसदहरूले नाराबाजी गर्दा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्न नपाएका हुन् ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने वातावरण बनाइदिन पटकपटक गरेको आग्रह कांग्रेसले अस्वीकार गर्यो ।
कांग्रेस सांसदहरूको नाराबाजी र वेल घेराउ नरोकिएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।


