सिप्रदी ट्रेडिङ प्रालिले सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ३७.७८ प्रतिशत कम हो। सन् २०२२ मा यस कम्पनीले २८ अर्ब ९५ करोड ५० लाख, सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख व्यापार गरेको थियो ।
यस्तै, सन् २०२० मा १९ अर्ब ७० करोड ५० लाख र सन् २०१९ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । यता, चालु आर्थिक वर्षको ९ महिनामा यसले १३ अर्ब ५४ करोड २० लाखको व्यापार गरेको छ । आर्थिक मन्दीका कारणले पनि व्यापारमा गिरावट आएको जनाइएको छ ।
सन् १९७९ मा स्थापित सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड नेपालका लागि टाटाका अटोमोबाइल्सको एकमात्र आधिकारिक वितरक हो ।यसको दर्ता कार्यालय काठमाडौंमा छ । सिप्रदि ३७ स्व–स्वामित्व र २७ डिलर नेटवर्कहरु मार्फत देशभर सञ्चालनमा छ । यसले १३ अर्ब ७५ करोड रुपैयाँ बैमक कर्जाका लागि ‘इक्राएनपी ए४ प्लस’ रेटिङ प्राप्त गरेको छ ।


