Banijya News

नबिल बैंकको निःशुल्क क्रेडिट कार्ड योजना

1
1.1K Shares

नबिल बैंकले ग्राहकहरूको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै आफ्नो नबिल लाइफटाइम निस्शुल्क क्रेडिट कार्ड योजनाको म्याद असार मसान्तसम्म थप गरेको छ। नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अन्तर्गत अब ग्राहकहरूले कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क वा सदस्यता शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्।

बैंकले जनाए अनुसार ग्राहकहरूले घर वा कार्यालयबाटै क्रेडिट कार्डको लागि आवेदन दिन र आफूलाई पायक पर्ने स्थानमा प्राप्त गर्न सक्नेछन्। यस योजनाले आधुनिक बैंकिङलाई प्रोत्साहन गर्ने तथा ग्राहकहरूलाई वार्षिक सेवा शुल्कको झन्झटबाट मुक्ति दिने विश्वास बैंकले लिएको छ।

यस क्रेडिट कार्डमार्फत ग्राहकहरूले ूबाई नाउ पे लेटरू सुविधा अन्तर्गत शून्य ब्याजदरमा विभिन्न सामानहरू खरिद गर्न सक्नेछन्। साथै, विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा विशेष छुटको पनि लाभ उठाउन सक्नेछन्।

इच्छुक ग्राहकहरूले थप जानकारीका लागि नबिल बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न वा बैंकको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन्।

1

Scroll to Top