Banijya News

सस्तोमै लिनुस् गाडी किन्नलाई ऋण

1
1.2K Shares

आगामी मंगलबारदेखि सुुरु हुने सवारी साधनको कुम्भ मेला नाडा अटो शोलाई लक्षित गरेर बैंकहरुले सस्तो ब्याजमा सवारी कर्जा दिन लागेका हुन् । १० प्रतिशत ब्याजमा बैंकहरुले अटो कर्जा दिने योजना ल्याउन लागेका हुन् ।


बैंकहरुले पछिल्लो समय बैंकहरुमा कर्जा दिने पैसा अभाव भएको भन्दै ब्याज दर केही माथि पुर्याएका थिए तर, नाडा अटो शोलाई लक्षित गरेर उनीहरुले १० प्रतिशत ब्याजदरमै सवारी साधन खरिद गर्न ऋण दिने भएका छन् ।


बैंकहरुले दिने कर्जामध्ये सबैभन्दा सजिलो र छिटो दिने कर्जा भनेको नै सवारी साधन खरिद गर्न हो । तर, कुन बैंकले कती कर्जा दिने भन्ने निक्र्यौल चाहीँ केही दिनमा मात्रै सार्वजनिक गर्नेछन् ।
घर कर्जा जस्तो १५ वा २० वर्षको अवधिको कर्जा यसमा नभई धेरैजसो ६ वा ७ वर्षका ेहुन्छ तर किन्ने व्यक्तीको इच्छा हेरेर यो अवधि वढ्न वा घट्न नि सक्छ । कुल कर्जा रकम र त्यसमा लाग्ने ब्याजलाई जोडेर महिनाले भाग गरेर प्रत्येक महिना कति रकम तिर्ने भनी किस्ताको रकम निर्धारण गरिन्छ । कर्जा रकम र ब्याजसमेत जोडेर हुने कुल रकममा बैंकले बनाउने ईएमआई फर्मुलाले हिसाब गरी किस्ता रकम निर्धारण गर्ने प्रचलन छ ।


सरकारले सवारी साधन किन्ने सर्वसाधारणलाई केही सुविधा थपिदिएको छ । राष्ट बैंकले निजी प्रयोजनका सवारी साधन खरिद गर्दा ६५ प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने व्यवस्था गरेको छ । यसअघि यो सीमा अधिकतम् ५० प्रतिशतसम्म मात्र थियो । बैंकले अटोलोन दिन कम गर्दा गाडी बिक्री स्वात्तै घटेको थियो । तर, पछि त्यस्तो व्यवस्थामा पुनर्विचार गर्दै नयाँ व्यवस्था ल्याएपछि गाडी बिक्रीमा सुधार आएको छ ।

1

Scroll to Top