Banijya News

प्रेतात्माले आएर भनेपछि बिगत ३० बर्षदेखि महिलाको भेषमा

1
1.1K Shares

०२ मंसिर, २०७६, काठमाण्डौ ।
मानिस जन्मन्छ अनि एकदिन मर्छ, यो ध्रुवसत्य हो । मृत्युलाई कसैले पनि टार्न सक्दैन् । यो प्रकृतिको नियम नै हो । मानिस जन्मेपछी एकदिन अवश्य नै मर्छ, तर त्यती जान्दा जान्दैपनि मानिस मृत्युदेखि भाग्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहन्छ । । उत्तर प्रदेशको जौनपुर जलालपुर थाना क्षेत्रका वासिन्दा, चिंता हरण चौहान नाम गरेका एक ब्यक्ति मर्ने डरले बिगत ३० बर्षदेखि महिलाको भेषमा डुलिरहेका छन् भन्दा पत्याउन गाह्रै पर्छ, तर यो सत्य हो ।
चिंता हरणका अनुसार उनका परिवारका १४ जना सदस्यको प्रेत्तात्माका कारण मृत्यु भइसकेको छ । जुन पे्रतात्माले उनलाई जहिले सताउने गरेको बताएका छन् । १४ बर्षको उमेरमा बिवाह गरेका उनको श्रीमतीको केही समयमा मृत्यु भयो । श्रीमतीको मृत्यु पछि, इँटाभट्टामा काम गर्ने थालेका उनले एक जना पसलेको छोरीसँग बिवाह दोस्रो विवाह गरे । तर परिवारले उक्त बिवाह अस्वीकार ग¥यो । त्यसपछि चिन्ताले श्रीमतीसंग छुट्टिने निर्णय गरे । फेरी उनकी श्रीमतीले उनले धोका दिएको सम्झेर आत्महत्या गरिन् । चिन्ताको तेस्रो पटक बिवाह गरियो तर, विस्तारै चिन्ताको फेरी एक एक गर्दै परिवारका सदस्यहरुको असामयिक मृत्यु हुन थाल्यो ।
चिन्ताका अनुसार उनकी पहिलेकी बंगाली श्रीमती सधै उनको सपनामा आउने गरेकी थिइन । श्रीमतीले सपनामा ‘मलाई स्रोह सृंगार गरेर तपाईसंगै राख्नुहोस् अनि मात्र तपाईको परिवारले सुख पाउनेछन् ।’ भनेकाले उनी बिगत २० वर्षदेखि महिलाको भेषमा स्रोह सृंगार गरेर बस्दै आएका छन् । चिंता हरण अहिले ६६ बर्षका भए तर उनी यो जीवन पनि ठुलो मुश्किल र डरका साथमा बाँचिरहेका छन् ।

1

Scroll to Top