१९ माघ ,२०७६, काठमाडौँ ।
चीनमा एक किसानले ५ रुपैयाँमा क्यान किनेर आकर्षक खेलौना बनाउदैँ ५ हजार सम्ममा बिक्री गर्दै मनग्ये आम्दानी गर्दै आएको तथ्य बाहिरिएको छ ।
हेनान प्रान्त, लुयोनिंग सिटीका एक किसानले कोल्ड ड्रिङ्क्स, बियर र अन्य विभिन्न पेय पदार्थका क्यानहरुबाट खेलौना बनाएका हुन् ।
उनले पछिल्लो ५ वर्षमा कार र हवाईवहाजका ८ हजार भन्दा धेरै मोडल बनाएका छन् ।
यसरी उनले सानो लगानीबाट ठूलो सफलता हात पारेका छन् ।


