०४ फागुन, काठमाण्डौ ।
कैलाश विकास बैंक लिमिटेडले वातावरण स्वच्छ राख्ने उदेश्य सहित डस्टबिन वितरण गरेको छ । बैंकले पोखरा नगरपालिका १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्न डस्टबिन बितरण गरेको हो ।
बैंकले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत फाल्गुन १ गते विहिबार एक कार्यक्रमका बीच चाँदनी टोल विकास संस्थान अध्यक्ष ओमप्रसाद श्रीसलाई उक्त सामाग्री प्रदान गरेको हो ।
श्रीसले बैकले गरेको सहयोगको प्रशंसा गरेका थिए । साथै उनले बैंकले गरेको उक्त कार्यले टोलको वातावरण सरसफाइमा बिशेष सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
बैंकले हालसम्म देशमा १०२ ओटा शाखा र ४१ ओटा एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । उक्त बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंकसंग एक्विजिसन भई “क” वर्गको बैंक बाट बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।


