बैंशाख २२, काठमाडौं ।
सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा थप सुरक्षा सर्तकता अपनाउँने भएको छ । भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने र नेपालमा कोरोना संक्रमण फैलिने क्रम नरोकिएपछि सुरक्ष सर्तकता अपनाउँने निर्णय गरेको हो । सुरक्षा रणनीति अन्र्तगत सरकारले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी संरचनाको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र नेपाली प्रहरीलाई झिकेर सेनालाई जिम्मा दिने भएको छ । भवन तथा प्रतिष्ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल–भारत सीमा क्षेत्रमा खटाएर सेनालाई ती संरचनाको सुरक्षामा खटाइने भएको हो ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा बैठकले सरकारी संरचना र प्रतिष्ठानमा तैनाथ जनशक्तिको विवरण पेश गर्न पनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले महत्वपूर्ण प्रतिष्ठान, सरकारी भवनरसंरचना तथा विभिन्न क्षेत्रको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीको विवरण आगामी बैठकमा पेश गर्न निर्देशन दिईएको बताउनुभयो ।
दक्षिणतर्फ नेपाल–भारत १ हजार ८ सय ८० किलोमिटर लम्बाईको सीमा क्षेत्रलाई कडाई गरिने छ । लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १ हजार २ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् । गृहको पछिल्लो निर्णयसँगै सीमा क्षेत्र आवातजावतमा थप कठाइ गर्न अन्य जिल्ला र महत्वपूर्ण भौतिक संरचनाको सुरक्षामा खटिएका जनशक्तिमा पनि सीमा केन्द्रीत गरिने छ ।


