कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्रीले लकडाउनका कारण अलपत्र मजदुर तथा लिपुलेकमा भारतले सडक बनाएको बारे प्रधानमन्त्रीले चासो नदिएको भन्दै भन्दै उनले संसदमा कविता सुनाए । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति समर्पित गरेको ‘म त भाग्यमानी’ शिर्षकको कविता सुनाउँदै व्यङ्ग्य गरेस ।
यस्तो छ थापाको कविता
म त भाग्यमानी
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ सीमा कसले मिच्ने ?
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्ने
सयौं कोश हिँड्दा पनि छैनन् श्रमिक आहत
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दु:ख पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन् ओम्नी र यति
सबैतिर वाहवाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री, आँसुकवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला
साह्रा नेपाल हाँसेको छ मेचीकाली गाउँछ
आँसु आए बरु त्यही गीतले आउँछ
यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त साह्रै भाग्यमानी
अहो साह्रै भाग्यमानी
म त साह्रै भाग्यमानी


