१२ असार, काठमाडौं ।
यही असार २२ र २३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिने भएको छ । गत ६ र ७ वैशाखमा सञ्चालन हुनुपर्ने कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका २७ लाख तीन हजार पाँच सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ । यस्तै, एक वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार एक सय ५२ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक भिटामिन ए खुवाउँदै आइरहेको छ ।
जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ९३ हजार १५२ बालबालिकालाई खुवाउने गरिन्छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ ।


