आफ्नै घरको भान्छाकोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न मृतककी ५० बर्षीया सासु तुलसा थापा, ५८ वर्षीय ससुरा प्रकाश थापा, नन्दहरू २७ बर्षीया दुर्गा थापा, २३ वर्षीय नन्द सीता थापालाई सार्वजजिक गरेको हो ।
उनिहरुलाई प्रहरीले असार ४ गतेनै पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रकृया सुरु गरेको थियो ।
मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए ।
घरायसी विबादमा ससुरा प्रकाश थापा, नन्द सिता थापासहित परिवारका सदस्यले नै हत्या गरेको अनुसन्धनबाट खुलेको मकवानपुर प्रहरी प्रमुख सुशिल सिंह राठौरले पत्रकार सम्मेलनमा बताएका छन ।
अभियुक्तहरुलाई जन्मकैदको सजाँय माग गरिने प्रहरीले जनाएको छ ।


