असार २२, काठमाडौ ।
गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङमा ११ , बागलुङमा ५ र पोखरामा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेंशीसहरका ३ पुरुष, सुन्दर बजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्यनेपालका एक–एक जना पुरुष संक्रमित रहेका छन् । यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडीगाड, काठेखोलामा दुई, दुई पुरुष गरि ५ जना संक्रमित छन् ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १ सय १३ पुगेको छ । हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या २७१ पुगेको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।


