असार २४,काठमाडौं ।
अर्घाखाँचीको मुख्य सडक सन्धिखर्क–गोरुसीङ्गे सडकखण्ड केहिदिन दैनिक ८ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले सडकको स्तरोन्नति गर्र्न अर्को सूचना जारी नहुँदासम्म सडक बन्द गर्ने निर्णय गरेको हो । निर्णय अनुसार सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्मको सडकखण्ड बुधबार देखि दैनिक बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म बन्द हुने भएको हो ।
अहिले सन्धिखर्कदेखि घुम्तीसम्म साँघुरो सडकमा पर्ने मोड कटिङ्ग तथा सडक विस्तार कार्य भईरहेकाले सडक मर्मतको लागि बन्द गरिएको हो । एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगाएतका अति सिकिस्त विरामी बोकेका सवारी साधनका लागि भने सडक खुल्ला हुने बताइएको छ ।


