Banijya News

वर्तमान

1
1.1K Shares

भक्ति घिमिरे ` दुर्बोध ´

घरगोठ ढुकुटी रित्तै रित्तै मन माथ

कहर बढ्यो सङ्कट बढ्यो छैन केही साथ

बैठक भेटघाट पद पैसा छैन अरु चासो

अर्कोपटक के हुने हो केही छैन खाँचो ।१ ।

जता लग्यो उतै जाने कानुनका धारा

जनताभन्दा सधैं किन ठूलाबडा प्यारा

हामीलाई झुक्याइ छली आफ्नै पोल्टो हेर्ने

साक्षी राख्ने ऎन कानुन आफ्नै भुँडी भर्ने ।२ ।

केही भेद छैन यहाँ बिँड र श्रीखण्डमा

माथिमाथि चढ्दै जाने बनाइ भर्र्याङ् यहाँ

बुइ चढी माथि पुग्ने हान्ने लात सधैं

खोलो तर्यो लौरो बिर्सियो के होला र खोइ ।३ ।

आशा धेरै जन माझ निराशा झन् जागे

जाली स्वार्थी लोभी पापी सबै अघि लागे

सोझा सिधा श्रमजीवी जिउनकै छ चिन्ता

कसले किन यस्तो पार्यो तिम्रो हाम्रो कित्ता ।४ ।

लोकतन्त्र गणतन्त्र कस्तो रजाइँतन्त्र

जमाउ खाउ गर्दै ड्याउ यही हो मुलमन्त्र

आस्था डुबे विश्वास डुबे जहाज डुब्न सक्छ

कुर्सी पद अस्थायी हो जनता के हुन बुझ ।५ ।

1

Scroll to Top