काठमाडौं ।
विधेयक मार्फत कानुनी रुपमा अगाडि बढी सकेको क्लिन फिड विधेयक तोकिएकै मितिबाट कार्यान्वायन गर्न नेपाल विज्ञापन संघ (आन) ले माग गरेको छ । २०७७ कार्तिक ८ देखि लागू गर्न सम्बन्धित मन्त्रालय तथा नेपाल सरकारसँग संघले जोडदार माग गरेको हो । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले क्लिन फिडका विषय कार्यान्वायनमा ल्याउँन माग गरेको हो ।
साथै आनले विभिन्न सञ्चारमाध्यममा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकारको निर्णय सहित संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित विधेयकमा स्पष्टरुपमा क्लिन फिडका विषयमा उल्लेख भएका विषय भन्दा फरक धारणा सार्वजनिक हुनु आफैंमा विरोधाभाष भएको विज्ञप्तिमा भनिएको छ ।
सञ्चार माध्यममा गलत किसिममा आएका टिप्पणी र समाचारहरु बदनियतपूर्ण रहेको पनि संघको ठहर छ । संघले क्लिन फिडका विषयमा आएका गलत टिप्पणी तथा समाचारप्रति विश्वास नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।


